होमपेज / कला / साहित्य
काठमाडौं । यही फागुन १७ गते नायिका प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको विवाहको मिति पक्का भएको छ । पारिवारिक सहमतिमा उक्त मिति तय गरिएको हो । विवाहका लागि टीका टाला गरेको दुई वर्षपछि उनीहरूको विवाह मिति तोकिएको हो । केही दिन अघि विवाह हुने निश्चित भएपछि प्रियंकाले आफ्ना नजिका साथीहरुलाई बोलाएर ब्याचलर पार्टी दिन थाइल्यान्ड पुगेकी थिइन् । एकपछि अर्को गर्दै तोकिएको विवाह मिति सार्दै आएका उनीहरू केही दिन यता विवाहको मुडमा देखिएका थिए ।
यसअघि ज्योतिषीले राम्रो साइत छैन भनेकाले बिहे रोकिएको थियो । आयुष्मान र प्रियंकाले आफ्नो र परिवारको ग्रह कमजोर भएका कारण उचित लगन जुराएर मात्र विवाह गर्ने योजना बनाएका थिए । उनीहरूलाई ज्योतिषीले नै यो कुरा सुझाएका थिए । अब भने सबै कुराको ठीक भएको सुझाव ज्योतिषीले दिएपछि उनीहरु लगनगाठो कस्न तयार भएका हुन् ।