होमपेज / कला / साहित्य
काठमाडौं । लोकपप गायक सुनिल गिरीले कौरा गीत 'जाम क्यारे माया' सार्वजनिक गरेका छन् । शुक्रवार गिरीले आफ्नै यूट्युब च्यानलमार्फत सार्वजनिक गरेको गीतमा मेलिना राईको पनि स्वर रहेको छ । गीतको शब्द तथा संकलन पनि गिरी स्वयंले नै गरेका हुन् । गीतको भिडियोमा सुनिल गिरी र उर्मिला गुरुङको मुख्य अभिनय रहेको छ । मनाङ गुरुङले कोरियोग्राफी गरेको भिडियोलाई हरि श्रेष्ठ र उज्वल सापकोटाले खिचेका हुन् ।यस कौरा गीतमा मादल तथा खैंजडी खडक दाइको रहेको छ । श्यामश्वेत रसाइलीले एरेन्ज गरेको गीतलाई प्रिज्म स्टुडियोमा रेकर्डिङ गरिएको हो ।
[भिडियो]