ट्रेण्डिङ

होमपेज / कला / साहित्य

सुर्खेतमा मिस तेस्रो सिरिज र पहिलो मिस्टर सुर्खेत शुरु हुदैँ

नेपालगाथा २०७६ आश्विन ५ गते आइतबार १४:३९:०५ मा प्रकाशित

सुर्खेत । सुर्खेतमा मिस सुर्खेतको तेस्रो सिरिज शुरु हुने भएको छ । मुन मिडियाको आयोजनामा यस अघि सम्पन्न भएका दुई सिजन लाई निरन्तरता दिदै यस पटक पनि मिस सुर्खेत आयोजना गरिएको छ । यस पटक भने मिस सुर्खेतलाई परिष्कृत गर्दै ‘मिस्टर एण्ड मिस’ सुर्खेत प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सहभागी हुन १६ देखि २६ वर्ष उम्मेर पुगेको हुनुपर्ने , कर्णाली प्रदेशको स्थानिय हुनु पर्ने , एसईई उत्र्तिण भएको हुनु पर्ने लगाएतका प्रावधान रहेको आयोजकका सदस्य एवं कलाकार कमल विष्टले जानकारी दिएका छन् ।

सुर्खेतको विरेन्द्रनगरमा आईतबार पत्रकार सम्मेलन गरि सहभागिताका लागि असोज ६ गतेदेखि आवेदन खुल्ला गरिने आयोजकले जानकारी दिएको छ । आवेदन संकलन पछि प्रतियोगिको छनोट गरिनेछ । अडिसनबाट छनोट भएकाले २० दिनको तालिमपश्चात उपाधीका लागि अन्तिम प्रतिस्पर्धा गर्ने आयोजक समितिका सदस्य बुद्धिसिंह ठकुरीले जानकारी दिएका छन् ।

मिस्टर र मिस सुर्खेत प्रतियोगिताको विजेताले ५० हजार नगदसहित विभिन्न उपहार प्राप्त गर्ने आयोजक संस्था मुन मिडियाका अध्यक्ष विजय केसीले बताएका छन् । उनका अनुसार प्रथम, द्धितिय र तृतिय बाहेक थप ७ प्रतिस्पर्धी अन्य विभिन्न विधाका उपाधिले सम्मानीत तथा पुरस्कृत हुनेछन ।

आयोजकका अनुसार फाईनल प्रतियोगितामा सहभागि हुनुअघि प्रतियोगिलाई कन्फिडेन्ट डेभलप, पब्लिक स्पीकिङ, मोडलिङ्ग,फोटो तथा भिडियो सुट, मेकअप क्लास, कोरियोग्राफि, ट्रेनिङ्ग लगायतका इभेन्टहरुमा सहभागि गराइनेछ अायाेजककाे भनाइ रहेकाे छ। यस प्रतियोगिताले बाहिरी तथा भित्रि सुन्दरता र अाफुमा भएकाे कलालाई बाहिर निकाल्न, आत्मविश्वास बढाउन र क्षमता विकास वृद्धि गर्न आफूहरूलाई सहयोग पुगेको प्रतियोगीताका पुर्व विजेताहरुको अनुभव रहेकाे  छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top