ट्रेण्डिङ

होमपेज / कला / साहित्य

नन्दा र शिव संगितलाई अन्तर्राष्ट्रिय अवार्ड

नेपालगाथा २०७६ श्रावण ३० गते बिहीबार १०:०५:०६ मा प्रकाशित

काठमाडौं । कतारमा कलाकार शिव संगीत र नन्दा बस्याल सहित ४ जना नेपाली कलाकारलाई स्टार अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको छ । दोहामा एक समारोहकाबीच नेपाली कलाकारलाई अवार्ड प्रदान गरिएको हो ।

लोकगीत युगलतर्फ गायक शिव संगीतले ‘आँखा जुध्यो’ गीतका लागि जुरी अवार्ड हात पारेका छन् ।

बेस्ट मोडल जुरी अवार्ड नन्दा बस्याल, पब्लिक च्वाइस अवार्ड प्रकाश सपूत र चर्चिक कलाकारको अवार्ड आनन्द कार्कीले प्राप्त गरे ।

स्टार किङ, कतारको आयोजनामा भएको कार्यक्रममा कतारका लागि नेपालका कार्यबाहक राजदूत लक्ष्मण खनालले कलाकारहरुलाई अवार्ड प्रदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top