ट्रेण्डिङ

होमपेज / कला / साहित्य

तारा अधिकारीको तीज गीत आउ संगी

नेपालगाथा २०७६ श्रावण १३ गते सोमबार १९:१४:४१ मा प्रकाशित

काठमाडौं । गीतकार तारा अधिकारीको तीज गीत आउ संगी सार्वजनिक भएकाे छ । निकेश राई र कविता श्रेष्ठको स्वर रहेको गीतमा रमेश कडरियाको संगीत रहेकाे छ । सुमन केसीको संगीत संयोजनमा तयार गीत ए वान रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो । गीतको भिडियोमा सागर लोप्चन, दीपशिखा अधिकारी लगायतले कम्मर मर्काएका छन् । 

भिडियोको छाँयाकन रामेश्वर हुँमागाईले गरेका छन् । गीतमा सीता राईको कोरियाग्राफी रहेको भिडियोमा सम्पादन नहकुल खड्काकाे रहेकाे छ । तारा अधिकारीले यो भन्दा अघि आधुनिक गीतमा कलम चलाउँदै आएकी थिइन् । उनी चाँडै नै आधुनिक गीतको एल्बम बजारमा ल्याउने तयारीमा रहेकी छिन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top