ट्रेण्डिङ

होमपेज / कला / साहित्य

सञ्चारकर्मी पाण्डेकाे परिचय निर्देशक हुँदै अब गीतकार पनि (हेर्नुस् भिडियो)

नेपालगाथा २०७६ श्रावण १० गते शुक्रबार २०:३५:१२ मा प्रकाशित

काठमाडौं । सञ्चारकर्मी तथा डकुमेन्ट्री फिल्मका निर्देशक गणेश पाण्डेले तीज गीत ‘चुरा’ रिलिज गरेसँगै अाफ्नाे परिचयमा गीतकार पनि थप्नुभएकाे छ। भूकम्मपकाे बारेमा डकुमेन्ट्री फिल्म बनाएर देश विदेशमा प्रसिद्धि कमाएका पाण्डेले तीज गीत ल्याउनुभएकाे हाे ।

पाण्डेको शब्द रहेको तीज गीत ‘चुरा’मा सुनिता अधिकारीले स्वर दिनुभएकाे छ । गीतमा लय शिव हमालको रहेको छ ।

पाण्डेले ‘चुरा’ तीज गीत यूट्युवमा सार्वजनिक भएको बताउँदै खुसी जनाएका छन् । ‘मेरो शब्दमा चर्चित सर्जक शिव हमालले मीठो संगीत भरिदिनुभयो, गायिका सुनिता अधिकारीले आफ्नो स्वरको जादु देखाउनुभयो’, गीत बनाउने बेलाका कुरा स्मरण गर्दै उनले भनेका छन्, ‘निर्देशक प्रकाश भट्ट र प्रयोजकहरूसंग झनै आभारी छु ।’

‘भनिन्छ नि, जोसंग जे छैन, त्यसको महत्व झनै बढी हुन्छ रे’, पाण्डेले भनेका छन्, ‘मेरो आमाको कोखबाट दिदीबहिनी नभए पनि मलाई अगाध माया गर्ने थुप्रै दिदीबहिनी पाएको छु । त्यसैले पनि तीज र तिहार मेरो लागि सँधै विशेष छन् ।’

‘यसपालि तीजमा तपाईंहरूसामु समसामयिक विषयवस्तु समेटिएको नयाँ गीत लिएर आएका छौं’, उनले भनेका छन्, ‘रेकर्ड भएको हिसाबले यो मेरो पहिलो सिर्जना हो । जस्तो लाग्छ, त्यस्तै कमेन्ट गरिदिनुस् है। अनि मन परे शेयर पनि गरिदिनु होला ।’

गीतका एरेञ्जर कृष्ण बिक ‘भाञ्जा’ हुन् । कुमार रानाको मिक्सिङ रहेको यो गीत मारुनी रेकर्डिङमा रेकर्ड गरिएको हो ।

म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । ‘चुरा’ तीज गीतलाई साइन मिडिया प्रालिले बजारमा ल्याएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top