ट्रेण्डिङ

होमपेज / कला / साहित्य

‘ कस्ले गर्दा ‘ बोलको म्युजिक भिडियो सार्वजनिक

नेपालगाथा २०७६ श्रावण २ गते बिहीबार १६:०१:०६ मा प्रकाशित

पाँचथर । पाँचथर जिल्लामा जन्मिएका गायक जोन तुम्बापोलाई सानै देखी गीत संगीतमा रुची थियो । बिभिन्न प्रत्योगितामा सहभागी भएर उनी पुरुस्कार समेत जित्ने गर्थे । जोन आफुलाई गायक राजेश पायल राईको फ्यान भएको बताउछन्र गायक बनेर नाम सम्मान कमाउने सोच राखेका जोनले आफ्नो पहिलो प्रयासका रुपमा ‘ कस्ले गर्दा ‘ बोलको म्युजिक  भिडियो   सार्वजनिक  गरेका छन । यस  गीतमा स्वर जोन तुम्बापो र स्वस्तिका प्रधानको रहेको छ । गीतमा संगीत भर्ने काम गायक तथा संगीतकार तारा प्रकाश लिम्बुको गरेका हुन । गीतको शब्द राम लावतीले लेखेका हुन्र गीतको म्युजिक एरेण्ज्मेन्ट नरेश श्रेष्ठले गरेका हुन । 

डान्सिङ भर्सनको म्युजिक   भिडियोमा अतिश जैरु र रुपा घिसिङको अभिनय रहेको भने दिवस गिरीको कोरियोग्राफी रहेको छ । बिकाश धमलाले भिडियो  सम्पादन गरेका हुन । भुपेन्द्र तुम्बाहाम्फेले खीचेको गीतको भिडियोलाई स्वयम उनैले निर्देशन समेत गरेका हुन । गीतको म्युजिक  भिडियोले डिजिटल बजारमा राम्रो प्रतिकिया प्राप्त गरिरहेको छ ।

(भिडियो)

प्रतिक्रिया

सम्बन्धित खवर

Top