होमपेज / कला / साहित्य

प्रभासको आगामी फिल्म साहोको पहिलो गीतको फर्स्ट लूक सार्वजनिक

नेपाल गाथा २०७६ असार १९ गते बिहीबार १२:३७:४७ मा प्रकाशित

काठमाडौं । सुपरस्टार प्रभासको आगामी फिल्म साहोको पहिलो गीतको फर्स्ट लूक सार्वजनिक गरिएको छ । प्रभास आफैंले सामाजिक सञ्जाल अकाउन्टमा गीतका दुई पोस्टर शेयर गरेका छन् । एउटामा उनी आफैं र अर्कोमा श्रद्धा कपूर देखिएका छन् । पहिलो पोस्टरमा प्रभासले पूरै कालो वस्त्र लगाएर कूल देखिएका छन् ।

अर्को पोस्टरमा श्रद्धा ग्ल्यामरस देखिएकी छन् । उनले हरियो र सेक्सी ड्रेस लगाएकी छन् । लूक्स हेर्दा यो पार्टी गीत जस्तो देखिन्छ । पोस्टर शेयर गर्दै प्रभासले लेखे, ‘प्रियजन, साहोको पहिलो गीत सुन्ने बेला भयो । द साइको सैयाँको टीजर छिट्टै आउँदैछ ।’ साहोको टीजर जेठ ३० गते रिलिज गरिएको थियो । शानदार टीजरलाई दर्शकहरूको राम्रो प्रतिक्रिया प्राप्त भएको थियो । यो फिल्म अगस्ट १५ मा सार्वजनिक हुनेछ । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top