होमपेज / कला / साहित्य
काठमाडौं । डिजिटल बजारमा केही दिन अघि सेन्टिमेन्टल भर्सनको 'दिल तोडेर गयौ' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा स्वर जगदिश समालको रहेको छ भने शब्द सुरेन्द्र थेगिमको रहेको छ। संगीत नारायण सुवेदी 'आभास'ले भरका छन् भने गीतको म्युजिक एरेन्ज्मेन्ट फणीन्द्र राईले गरेका हुन्।
प्रेम बिछोडको भावमा प्रस्तुत गरिएको यस भिडियोमा नायिका वर्षा राउत र नायक आकाश श्रेष्ठलाई प्रेम जोडीका रूपमा प्रस्तुत गरिएको छ। साथमा मोडेल निराजन प्रधानलाई वर्षाको श्रीमानका रूपमा देखाइएको छ।
(भिडियो)