होमपेज / कला / साहित्य
ताप्लेजुङ । गायक तथा इन्जिनियर बीरेन्द्र श्रेष्ठ र गायिका अञ्जु पन्तको आवाजमा सजिएको ‘पिरिमको बाढी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘एटके एभ्रेष्ट मोसन पिक्चर’ युट्युब च्यानलबाट म्युजिक भिडियो सार्वजनिक गरिएको हो। संगीतकार दिपक शर्माको शब्द तथा संगीत रहेको गीतमा गायक श्रेष्ठलाई चर्चित गायिका पन्तले साथ दिएकी छन्।
गीतमा नरेन्द्र वियोगीको संगीत संयोजन छ। सुमधुर गीतको भिडियो पनि दमदार बनेको छ। भिडियोमा अभिनेता दिलिप रायमाझी र केकी अधिकारीको अभियन छ। प्रकाश धितालले निर्देशनमा बनेको म्युजिक भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी छ। जलविद्युत क्षेत्रमा आफ्नो विशेष पहिचान बनाइसकेका इन्जिनियर श्रेष्ठ गीत संगीतमा पनि सक्रिय छन्।
( भिडियो )