होमपेज / कला / साहित्य

चलचित्र ‘प्रेमदिवस’को ट्रेलर सार्वजनिक

नेपाल गाथा २०७६ जेठ ३ गते शुक्रबार १६:०९:३६ मा प्रकाशित

चलचित्र ‘प्रेमदिवस’को ट्रेलर रिलिज भएको छ । जेठको ३१ गतेबाट रिलिज हुने यो चलचित्रको ट्रेलरमा दुई यूवासँग एक यूवतीको प्रेम देखाइएको छ । रियल मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, हेमन्त वुढाथोकी, शिवशंकर रिजालको साथमा नव–नायक विशाल कट्टेलको अभिनय छ । चलचित्रमा प्रदिप भारद्धाजको लेखन, कविराज गहतराको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, मानकृष्ण महर्जनको छायांकन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top