होमपेज / कला / साहित्य

‘तिम्रो रुपैको जादु’ बोल्काे गीत सार्वजनिक (भिडियाे)

नेपाल गाथा २०७६ बैशाख ३१ गते मंगलबार १४:५८:१४ मा प्रकाशित

काठमाडौं । मेक्सम खाती र मेलिना राईको स्वरमा सजिएको ‘तिम्रो रुपैको जादु’ गीत सार्वजनिक भएको छ । गीतलाई मेक्सम खातीको अफिसियल युट्युब च्यानलबाट सोमबार रिलिज गरिएको छ । म्युजिक भिडियोमा स्नेहा पौडेल र मेक्सिम खाती आफैंले अभिनय गरेका छन् । कुमार पौडेलले लेखेको गीतमा नरेश खातीको संगीत छ । गीतको एरेञ्ज कमल सौराग र मिक्सिङ किशोर थापाले गरेका छन् ।

शंकल भुजेलको छायांकनलाई बनिश शाहले सम्पादन गरेका छन् । आधुनिक, लोक तथा दोहोरी गीतमा संगीत गर्दै आएका नरेश खातीले यसपटक फरक शैलीको गीत बनाएको बताएका छन् । ‘उनले भने, ‘यस पटक अलि फरक शैलीमा गीत बनाएको छु । प्रतिक्रिया पनि राम्रो पाइरहेको छु ।’

 (भिडियाे)

प्रतिक्रिया

सम्बन्धित खवर

Top