होमपेज / कला / साहित्य

चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक

नेपाल गाथा २०७६ बैशाख ५ गते बिहीबार ११:४६:५३ मा प्रकाशित

काठमाडौं । चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ। राजधानी काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। नयाँ वर्ष २०७६ को अवसर पारेर केही दिनअघि मात्र चलचित्रको फर्स्ट लुक सार्वजनिक गरिएको थियो। मजदुरहरूको कथाव्यथा समेटिएको चलचित्र ‘पसिना’ को सार्वजनिक ट्रेलरमा चलचित्रका सम्पूर्ण मुख्य कलाकार गौरव पहाडी, अनु शाह, सरोज खनाल, रवि गिरि, सुरजनी केसी, शिव शंकर रिजाल, सरोज अर्याल, सरीताराज उपाध्याय,जयनन्द लामालाइ मुख्य स्थान दिइएको छ।

साहिल खानले काटेको ट्रेलर आकर्षक बनेको छ। आरबि खत्री ‘शरद’ले निर्देशन गरेको चलचित्र ‘पसिना’मा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दीपक शर्मा र थिरज राइको संगीत, नवीन निरौलाको सम्पादन, शिव विक, राजीव समरको नृत्य र देव महर्जनको द्वन्द रहेको छ। ‘गरौ सत्कर्म, बगाउ पसिना’ भन्ने नारा बोकेको चलचित्र समसामयिक कथामा बनेको छ।

(भिडियाे)

प्रतिक्रिया

सम्बन्धित खवर

Top