ट्रेण्डिङ

होमपेज / कला / साहित्य

प्रदिप खड्का र गोविन्द शाहीले बारा घटनाका घाइतेहरुलाई ५० हजार सहयोग गर्ने

नेपालगाथा २०७५ चैत्र १९ गते मंगलबार १३:१८:३४ मा प्रकाशित

आइतबार राती बारा र पर्सा जिल्लामा आएको हुरीका कारण जनधनको ठूलो क्षती भयो । यो घटनालाई लिएर नेपाली चलचित्र क्षेत्रका कलाकारहरुले पनि दुख व्यक्त गरिरहेका छन् । यसैविच चलचित्र ‘लभ स्टेशन’का नायक प्रदिप खड्का र निर्माता गोविन्द शाहीले यो घटनामा दुख व्यक्त गरेका छन् । उनीहरुले हुरी बतासबाट भएको क्षतीपछि भैरहेको उद्धार, उपचार, राहत र सहयोगमा आफूहरु पनि साथ रहेको बताएको छन् ।

हुरी बतासबाट भएको क्षती पछि उद्धार, उपचार, राहत र सहयोगमा आफुहरुको साथ रहेको उनीहरुले बताएका छन् । नायक प्रदिप खड्का र निर्माता गोविन्द शाहीले आफूहरुको तर्फबाट नगद ५० हजार सहयोग गर्ने बताएका छन् । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले अन्य सहयोगका लागि पनि अपिल गरेका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

Top