होमपेज / कला / साहित्य
सुर्खेत । प्रगतिशील लेखक संघ नेपाल कर्णाली प्रदेश अध्यक्षमा गिरीप्रसाद बुढा चयन भएका छन् । संघको आइतबार वीरेन्द्रनगरमा भएकोल पहिलो प्रदेश सम्मेलनले बुढालाई अध्यक्षमा चयन गरेको हो । प्रदेश कार्यसमितिको उपाध्यक्ष युद्धविक्रम शाही, महिला उपाध्यक्ष सीता यरी, सचिव हरिलाल महतारा, सह–सचिव धिरेन थापा, कोषाध्यक्ष विष्णु महतारा चयन भएका छन् । यसै गरी प्रलेसकाे सदस्यहरुमा टीकाप्रसाद पोखरेल, पूर्णबहादुर शाही, पृथ्वीबहादुर सिंह, पूर्णसमिर महतारा, थानेश्वर लामिछाने, शिद्धबहादुर खड्का, रगवीर विश्वकर्मा, अजबहादुर गिरी, भरत प्रमोद दाहाल, यामराज शर्मा, मायाराम न्यौपाने, हस्तराज रेग्मी, समना खड्का, प्रकाश आचार्य, कमप्रसाद देवकोटा, नवराज न्यौपाने, पार्वती न्यौपाने, मनलाल वली, जगत वाशिष्ठ रहेका छन् ।
त्यस्तै सुर्खेतको १३ औं जिल्ला सम्मेलनले जगत वाशिष्ठको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समिति समेत गठन गरेको छ । कार्य समितिको उपाध्यक्षमा जागेश्वर नेपाल, महिला उपाध्यक्ष सरस्वती गौतम, सचिव धर्म दानी, सह–सचिव देवप्रकाश सिंह, कोषाध्यक्ष पूर्ण भण्डारी तथा सदस्यहरुमा मञ्जु रिमाल, लक्ष्मणदेव गिरी, रत्ना अधिकारी, रमेश आचार्य, ललिता फडेरा र बासुदेव पाण्डे रहेका छन् ।