ट्रेण्डिङ

होमपेज / कला / साहित्य

‘द भ्वाइस अफ नेपाल सिजन–२’ मा आफ्नो प्रतिभा देखाउन २२ हजारको आबेदन

नेपालगाथा २०७५ चैत्र १७ गते आइतबार १२:०१:०७ मा प्रकाशित

‘द भ्वाइस अफ नेपाल सिजन–२’ मार्फत् आफ्नो प्रतिभा देखाउन झण्डै २२ हजार नेपाली प्रतिभाहरुले डिजिटल अडिसनमार्फत् सहभागीता जनाएका छन् । चैत १० गतेसम्म तोकिएको समयसीमाभित्र कुल २१ हजार ७ सय प्रतिभाहरुले बिभिन्न डिजिजल माध्यममार्फत् आबेदन दिएको कार्यक्रम निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।

‘यसपटक हामीले मोबाइल एपसँगै सामाजिक सञ्जाल र म्यासेजिङ एपमार्फत् पनि आबेदन खुला गरेका थियौं’ पौडेलले भने– सवै माध्यम खुला गरिएका कारण यो बर्ष उत्साहजनक सहभागीता देखिएको छ ।’ एप डाउनलोड गरेर सहभागीता जनाउन कठिनाई महसुस गर्ने प्रतिभाहरुले फेसबुक म्यासेन्जर, भाइबर, ह्वाटसएपमार्फत् पनि हजारौंको संख्यामा आबेदन दिएका छन् ।

चैत १० मै म्याद सकिएपनि अझै दैनिक सयौंको संख्यामा आबेदन आइरहेको निर्देशक पौडेलले बताए । प्राप्त भिडियो क्लिपहरुमाथि उत्पादन तथा संगीत टीमले परीक्षण गरेर उत्कृष्ट प्रतिभाहरुको छनौट गरिने छ । छानिएका प्रतिभाहरुले कोचसामु ब्लाइन्ड अडिसनमा सहभागीता जनाउन पाउनेछन् । कोचहरुको कुर्सी घुमेसँगै प्रतिभाहरुको भाग्य पनि बदलिनेछ ।

हिमालय टेलिभिजनको एचडी सेवा शुभारम्भसँगै गत माघ १ गतेबाट सुरु भएको डिजिटल अडिसनमा सहभागी हुने समय चैत १० गतेसम्म तोकिएको थियो । यही असारबाट प्रसारण सुरु हुने दोस्रो सिजनलाई हिमालय टेलिभिजन एचडीले प्रसारण गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top