होमपेज / कला / साहित्य
प्राविधिक कारणले बुधबार सार्वजनिक हुन नसकेको चलचित्र ‘ए मेरो हजुर ३’को ट्रेलर सार्वजनिक भएको छ । युटुबमा सार्वजनिक भएको ट्रेलरलाई कमर्सियल बनाइएको छ । चलचित्रको ट्रेलरमा मुख्य कलाकारहरु नायक अनमोल केसी, नव–नायिका सुहाना थापा, कलाकार सलोन बस्नेत, अर्पण थापा, रेअर राई लगायतलाई देखाइएको छ । सार्वजनिक भएको चलचित्रको ट्रेलरमा नायक अनमोल केसीको २ फरक गेटअप देख्न सकिन्छ ।
एकातिर अनमोललाई सोझो यूवाको भूमिकामा देखाइएको छ भने अर्कोतिर उनलाई स्टार गायकको भूमिकामा देखाइएको छ । नायिका सुहाना थापालाई भने अनमोलको फ्यानको रुपमा देखाइएको छ । सुनिलकुमार थापाले निर्माण गरेको चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् । संजय लामाले यो चलचित्र खिचेका हुन् ।
(भिडियाे)