होमपेज / कला / साहित्य
काठमाडौं । गायक सरोज ओली र मेलिना राईको ‘अर्को जुनी खै कुन्नी...’ बोलको गीतमा अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको बिहेका दृश्यहरु देख्न सकिन्छ । वैवाहिक कार्यका विविध दृश्यहरु म्युजिक भिडियोमा समेटिएको छ। मेहन्दी, हल्दीदेखि विवाह मण्डपदेखि प्रियंकालाई डोलीमा चढाएर लगिएका दृश्य म्युजिक भिडियोमा छ।
दिनेश थपलियाको शब्द र दीपक शर्माको संगीत रहेको गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका छन्। कविराज गहतराजको निर्देशन रहेको म्युजिक भिडियोको छायांकन सञ्जय लामा, सम्पादन सन्देश शाह, मिक्सिङ श्याम स्वेत रसाइली र कलर संयोजन रेनिस फागोले गरेका हुन्। फिल्ममा प्रयोग हुने प्रविधिबाट पार्क भिलेज रिसोर्ट, काठमाडौं गेस्ट हाउसलगायतका स्थानमा म्युजिक भिडियो छायांकन गरिएको हो।
(भिडियाे)