ट्रेण्डिङ

होमपेज / कला / साहित्य

‘साइँली’को ट्रेलरमा कमेडी नै कमेडी

नेपालगाथा २०७५ चैत्र ११ गते सोमबार १३:११:२२ मा प्रकाशित

रामबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘साइँली’ रिलिज हुन केही दिन मात्र बाँकी छ । शुक्रबारदेखि रिलिज हुन लागेको यो चलचित्रको अहिले दैनिक एउटा काउनडाउन ट्रेलर सार्वजनिक भैरहेको छ । तर, यो चलचित्रको काउनडाउन प्रचार सामाग्रीमा कमेडीलाई स्थान दिइएको छ । रामबाबु गुरुङ विशेषगरि, टिपिकल कमेडीलाई टिपेर चलचित्र बनाउन सिपालु छन् ।

यसपटक उनले ‘सुन साइली सुन साइली’ बोलको गीतलाई चलचित्रमा उतारेका छन् । यो चलचित्रमा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई लगायतका कलाकारको मुख्य भूमिका छ । चैत्र लागेपछि फेरि चलचित्रको व्यापारमा खडेरी सुरु भएको छ । चलचित्र ‘साइँली’को व्यापारले यो खडेरीलाई तोड्ने अपेक्षा गरिएको छ ।

(भिडियाे)

प्रतिक्रिया

सम्बन्धित खवर

Top