होमपेज / कला / साहित्य
चलचित्र ‘ए मेरो हजुर ३’मा समावेश ‘दोश्रो गीत सार्वजनिक भएको छ । पहिलो गीत रोमान्टिक सार्वजनिक गरेको यसको निर्माणपक्षले दोश्रो गीत भने लोकलयको सार्वजनिक गरेको छ । ‘परान परान’ बोलको गीतमा आशिष अविरल र अन्जु पन्तको स्वर, आनन्द अधिकारीको शब्द, आशिष अबिरलकै संगीत छ । यो गीतलाई बिहेको समयमा गाइने गीतको रुपमा तयार पारिएको छ ।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायक अनमोल केसी, नायिका सुहाना थापाको साथमा नायक सलोन बस्नेत, कलाकार रेअर राइलाई देखाइएको छ । यो गीतको भिडियोमा नायक आमेष भण्डारी दुलाहाको भेषमा देखिएका छन् । चलचित्रमा रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, सरोज खनालको पनि मुख्य भूमिका छ । चलचित्रमा झरना थापा र सुमन पौडेलको कथा, छेतन गुरुङ, बाबुराम दाहाल, सुमन पौडेल र प्रतिक पौडेलको पटकथा तथा संवाद छ ।
चलचित्रमा हिमाल केसीको एक्सन, कविराज गहतराज, रामजी लामिछाने, प्रविण सिंह र राहुल शाहको कोरियोग्राफी छ । संजय लामा र सवनम मुखियाले खिचेको चलचित्रलाई नायिका झरना थापाले निर्देशन गरेकी हुन् । चैत्रको २९ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।
(भिडियाे)