होमपेज / कला / साहित्य
फागू पूर्णिमाको अवसरमा चलचित्र हेर्न काठमाण्डौको बीग मुभिजमा पुगेका ओलीले पुरा चलचित्र हेरे । ओलीसँगै चलचित्रका निर्देशक दिवाकर भट्टराई, निर्माता भूवन केसी, नायक अनमोल केसी, नायिकाद्धय उपासना सिंह ठकुरी र प्रियंका एमभीले पनि चलचित्र हेरेका थिए । चलचित्र हेरिसकेपछि छोटो प्रतिक्रिया दिदै प्रधानमन्त्रीले ओलीले भने–‘मलाई चलचित्र राम्रो लाग्यो । इशान खड्का उत्कृष्ट खेलाडी हुन् ।’
पत्रकारको अनमोल केसी कस्तो लाग्यो भन्ने प्रश्नमा रमाइलो जवाफ दिदै भने–‘म अनमोल केसी चिन्दिन । इशान खड्का इज बेष्ट ।’ राष्ट्रिय चलचित्र नीति किन पारित हुन सकेन भन्ने पत्रकारको प्रश्नमा आफूसँग अहिले यो बिषयमा कुरा गर्ने समय नभएको भन्दै प्रधानमन्त्री पन्छिएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र हेर्नका लागि समय छुट्याएपछि नायक अनमोल केसी पनि खुशी भएकाे थिए ।