होमपेज / कला / साहित्य
चैत्र २२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लभ स्टेशन’मा समावेश दोश्रो गीत सार्वजनिक भएको छ । ‘मेरो आगनीमा जुन उदायो’ बोलको गीत सार्वजनिक गर्दै यसको निर्माणपक्षले प्रचारलाई तिव्रता दिएको हो । चलचित्रमा नायक खड्कालाई लोक ब्याण्डको गायकको रुपमा देखाइएको छ । संगीतकार शम्भुजित बास्कोटाको संगीत रहेको गीतमा सुरेश लामाको स्वर, उज्ज्वल घिमिरेको शब्द छ ।
चलचित्रका प्रस्तुतकर्ता गोविन्द शाहीले नायक खड्कालाई गायकको रुपमा चलचित्रमा स्थापित गराइएको बताए । चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् ।
(भिडियाे)