ट्रेण्डिङ

होमपेज / कला / साहित्य

एक आपसमा रंग लगाउँदै सलिनमान

नेपालगाथा २०७५ चैत्र ५ गते मंगलबार १६:१८:३० मा प्रकाशित

काठमाडौं । आत्मियता र सद्वावको प्रतिकको रुपमा मनाईने होली फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’ यूनिटले भनेर मनाईसकेको छ । चैत्रको अन्तिम साता अर्थात् २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म यूनिटले एक आपसमा रंग लगाउँदै होली मनाएको हो ।

फिल्मका मुख्य पात्र सलिनमान बनियाँसंगै डेब्यू गर्ल मलिका महत, जान्हवी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई, विशाल सापकोटा, निर्देशक सम्राट शाक्य, प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठ, निर्माता सुशील पोखरेल, प्रोडक्सन म्यानेजर मनोज जोशी, द्वन्द निर्देशक हिमाल केसी लगायतले होली मनाएका हुन् । होलीलाई प्रिः सेलिब्रेट गरेको फिल्म यूनिटले बुधबार विभिन्न स्थानमा पुगेर दर्शकसँग होलीलाई सेलिब्रेट गर्नेछ ।

गैरीधाराको रोयल एम्पायर होटेल, सिटी फ्ल्यास स्विमिङ पुल भक्तपुरसँगै नयाँ वानेश्वरमा आयोजना हुने रेडियो अडियो होली कार्यक्रम र विभिन्न मिडियाको आयोजना रहने होली कार्यक्रममा सहभागी हुने निर्देशक सम्राट शाक्यले बताउँनु भयाे ।

फिल्ममा सलिनसँगै, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, ईश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top