ट्रेण्डिङ

होमपेज / कला / साहित्य

‘इन्साअल्ला’मा सलमान र आलिया फाइनल

नेपालगाथा २०७५ चैत्र ५ गते मंगलबार १४:०७:२५ मा प्रकाशित

लामो समयदेखि भारतीय मिडियामा संजयलिला भन्सालीले निर्माण तथा निर्देशन गर्न लागेको चलचित्रमा नायक सलमान खान र साहरुख खानले काम गर्ने चर्चा थियो । त्यसको केही समयपछि नै यो चलचित्रमा नायिका आलिया भट्टले पनि काम गर्न सक्ने चर्चा भयो । तर, यी सबै चर्चामा अब विश्राम लागेको छ । सफल निर्देशक संजयलिला भन्सालीको चलचित्रका लागि कलाकार फाइनल भएका छन् । यो चलचित्रमा नायक सलमान खान र नायिका आलिया भट्ट फाइनल भएका छन् ।

यो चलचित्रको नाम ‘इन्साअल्ला’ राखिएको छ । चलचित्रको कस्तो बिषयमा बन्ने छ भन्ने खुलेको छैन । चलचित्रमा सलमान खान सोलो नायकको रुपमा रहनेछन् । नायक सलमान खान र नायिका आलिया भट्टले पहिलो पटक चलचित्रमा काम गर्न लागेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top