होमपेज / कला / साहित्य
मुम्बई । मुम्बईमा हालै भएको एक अवार्ड समारोहमा पुगेकी अभिनेत्री शर्मिला टेगोरले मिडियासँग खुलेर कुराकानी गरिन्। सारा अली खान, तैमूर अली खान र बायोपिक बनेमा त्यसमा साराको भूमिकाको विषयमा पनि उनी खुलिन्। मिडियासँग शर्मिलाले हालै मात्र उनले आफ्नो आत्मकथा लेख्न थालेको बताइन्। यही विषयमा मिडियाले उनलाई पछिल्लो समयमा बलिउडमा बायोपिक फिल्म निर्माणको लहर चलिरहेको बेला बायोपिकका विषयमा शर्मिलाको राय सोधेका थिए।
‘बायोपिक बनाउनु हार्डकोर बिजनेस हो। यदी कोही निर्मातालाई मेरो बायोपिक बनाउन मनलाग्यो र त्यसले उसलाई फाइदा पुग्दछ भने मेरो बायोपिक अवश्य बन्नेछ’, शर्मिलाले भनिन्, ‘मेरो फिल्म बनेमा त्यसमा शीर्ष भूमिका साराले नै निभाउनेछिन्। सारा आफ्नी आमा अमृता सिंहजस्तै देखिन्छिन्। उनी आमाको जस्तै राम्रो अभिनेत्री पनि हुन्।’ एजेन्सी ।