ट्रेण्डिङ

होमपेज / कला / साहित्य

करिश्मा र सारासँग ‘माया पिरिम’ लगाउँदै निश्चल (भिडियाे)

नेपालगाथा २०७५ चैत्र ४ गते सोमबार ११:३९:४७ मा प्रकाशित

चलचित्र ‘जात्रै जात्रा’ले नयाँ रिलिज मिति तय गर्दै ‘माया पिरिम’ बोलको गीत सार्वजनिक गरिएको छ । यो चलचित्र सुरुवातमा फागुण १७ गते रिलिज गर्ने तयारी गरिएको थियो । तर, विशेष परिस्थितीका कारण यो चलचित्रको रिलिज मिति वैशाखको अन्तिम साता सारिएको थियो । अब, यो मितिबाट एकसाता पछि सर्दै चलचित्र जेठको ३ गतेबाट रिलिज हुने भएको छ । सार्वजनिक गरिएको ‘माया पिरिम’ बोलको गीतले दर्शकको मन जित्ने विश्वास गरिएको छ ।

यो गीतमा निशान भट्टराई र मनिषा पोखरेलको स्वर, लेखु सहयात्रीको शब्द, कृष्ण भारद्धाजको संगीत छ । यो गीतमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, बर्षा राउत, रविन्द झा, रविन्दसिंह बानियाँ, दयाहाङ राइको साथमा अतिथी कलाकारहरु निर्देशक निश्चल बस्नेत, नायिकाद्धय करिश्मा मानन्धर र सारा सिर्पालीले नृत्य गरेका छन् ।

 (भिडियाे)

प्रतिक्रिया

सम्बन्धित खवर

Top