होमपेज / कला / साहित्य
‘बाहुबली’ निर्देशक एसएस राजमौली अहिले आफ्नो नयाँ चलचित्र ‘आरआरआर’को तयारीमा जुटिरहेका छन् । राजमौलीले हालै मात्र चलचित्रका लागि कलाकार छनोटको काम सकाएका छन् । ‘आरआरआर’को लागि राम चरण र जुनियर एनटिआर सुरुवातमा नै पक्का थिए । नायिकाको लागि भने बलिउडका धेरै नायिकाहरुलाई अफर गरिएको थियो । परिणिती चोपडादेखि नयाँ पुस्तामा जान्वी कपुरलाई समेत चलचित्रको अफर पुगेको थियो ।
तर, अन्त्यमा चलचित्रका लागि नायिका आलिया भट्ट राजी भएकी छिन् । आलियाले यो चलचित्रमा मुख्य नायिकाको भूमिका निर्वाह गर्नेछिन् । बलिउडमा राम्रो छाप बनाएका अजय देवगणलाई पनि दर्शकले आरआरआरमा देख्न पाउनेछन् । तर, अजय भने चलचित्रको मुख्य भूमिकाका लागि छनोट भएका हैनन् । अजयले यो चलचित्रमा केमियो भूमिका निर्वाह गर्नेछन् ।
निर्माण युनिटका अनुसार उनको रोल सानो भएपनि महत्वपूर्ण छ । ३०० करोड लगानीमा निर्माण हुन लागेका आरआरआलाई सन् २०१९ भित्र रिलिज गर्ने निर्माण पक्षको लक्ष्य राखेको छ ।