ट्रेण्डिङ

होमपेज / कला / साहित्य

सन्तोष लामाकाे स्वरमा चाइनकाे रेल बजारमा

नेपालगाथा २०७५ फाल्गुण २८ गते मंगलबार २१:०२:३० मा प्रकाशित

तात्तातो विषय रेलसंग सम्बन्धित कयौं गीत रचेकाे भए पनि चाइनाको रेलले  पूर्ण मनोरंजन दिलाउने कुरामा गीतकार कृष्ण के.सी.ढ़ुक्क हुन आग्रह गर्छन । अहिलेका व्यस्त संगीतकार हरी लम्सालसंगको सहकार्यलाई निरन्तरता दिँदै के.सी.ले आफ्नो पछिल्लो सिर्जनामा स्वर भर्न “क़सले सुरुवात” का पुरुष स्वर नेपाली तारा २ का बिजेता सन्तोष लामालाई नै रोजेका छन् ।

गीतमा इन्दिरा जोशीले पनि महत्वपूर्ण अंशको लागि स्वर दिएकी छिन ।

 आफ्नो मन शीर्षककै यूट्यूब च्यानलबाट अपलोड गरिएको गीतको भिडियोको सम्पूर्ण छायांकन, सुन्दर नगरी पोखरामा गरिएको छ । सन्दीप क्षेत्री र मुस्कान रानीको अभिनय रहेको यस भिडियोलाई क्रिस्टल क्लजको जोशीलाे डान्सले अझ सुन्दर बनाएको छ । 

चर्चित डान्स ग्रुप  क्रिस्टल क्लजको कोरियोग्राफ़ी सन्देश जंग राणाको कन्सेप्ट तथा चर्चित कमेडियन सन्दीप क्षेत्री र सन्देश जंग राणाको संयुक्त निर्देशनमा तयार भएको भिडियोलाई चर्चित छायांकार सुसन प्रजापतिले खिचेका हुन् ।यस भिडियोकाे सम्पादन पनि सन्देश जंग राणाले नै गरेका हुन् ।

डान्सिंग गीतको लहर चलिरहँदा कभर डान्सको बिजेतालाई रु.१ लाख पचास हज़ार तथा नेपालमै पहिलो पटक बेस्ट टिकटक भिडियोलाई रु.५० हज़ार नगद पुरस्कारको घोषणा सहित चाइनाको रेल बोलको नयाँ गीतको भिडियो लिएर रचनाकार कृष्ण के.सी.झुल्केका छन ।

https://www.youtube.com/watch?v=sif3Ztoz8Io

प्रतिक्रिया

सम्बन्धित खवर

Top