होमपेज / कला / साहित्य
‘यात्रा’मा समावेश दोश्रो गीत ‘चट्ट रुमाल क्या मालुम’ सार्वजनिक गरिएको छ । शम्भुजित बास्कोटाको संगीतमा तयार भएको चलचित्र ‘आफ्नो मान्छे’मा समावेश यो गीतलाई रीएरेन्ज गरिएको हो । ‘आफ्नो मान्छे’को गीतमा शम्भुजित बास्कोटा र साधना सरगमको स्वर, बाबुराम दाहालको शब्द थियो । सार्वजनिक नयाँ गीतमा धमेन्द्र सेवान र मेलिना राइकाे स्वर रहेकाे छ ।
पुरानो गीतमा नायक श्रीकृष्ण श्रेष्ठ र नायिका निरुता सिंहले अभिनय गरेका थिए । नयाँ गीतमा भने चलचित्रका मुख्य कलाकारहरु सलिनमान बनियाँ, मल्लिका महत्त, सलोन बस्नेत, जाहन्वी बस्नेत, प्रेक्षा बज्रचार्य लगायतलाई फिचरिङ गरिएको छ ।
(भिडियाे)