होमपेज / कला / साहित्य
काठमाडौं । चलचित्र लिली बिलीबाट निकै रुचाइएका जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको नयाँ चलचित्र 'लभ स्टेशन' आगामी २२ चैतबाट देशव्यापी प्रदर्शनमा आउँदैछ। चलचित्र 'लभ स्टेशन'को ट्रेलर मंगलबार काठमाडौंको क्युज सिनेमा हलमा एक समारोहबीच सार्वजनिक गरिएको छ।
ट्रेलरमा चलचित्रमा अभिनेता प्रदीप खडका र अभिनेत्री जसिता गुरुङको प्रेम सम्बन्धमा अर्का अभिनेता प्रकाश शाह बाधक बनेका छन्। जसिता र प्रकाश बीचको विवाहको तयारी पनि ट्रेलरमा देखाइएको छ। तर, विवाहसँगै प्रदीप र जसिताको प्रेमले कुन रूप लिन्छ त्यो बुझ्न भने फिल्ममै हेर्नु पर्नेछ। ट्रेलर बूढासुब्बा डिजिटलबाट रिलिज गरिएको छ।
ट्रेलरलाई साहिल खानले काटेका हुन्। ट्रेलर रिलिज कार्यक्रममा बोल्दै प्रदीप अग्रज निर्देशक उज्ज्वल घिमिरेसँग काम गर्न पाउँदा धेरैकुरा सिक्न पाएको बताए। आफू र जसिताले लभ स्टेशनमा राम्रो काम गरेको जिकिर गरे।
(भिडियाे)