होमपेज / कला / साहित्य
काठमाडौं । लोकरक ब्यान्ड नेपथ्य आगामी मार्च १५ मा दुबईमा जाने भएका छन् । ब्यान्ड स्थापनाको २५ औँ वर्ष पुरा भएको अवसरमा विश्वभर सांगीतिक यात्रामा हिडिरहेको नेपथ्य दुबईको करामास्थित अल नासर लेजरल्याण्डको हलमा गुन्जिने भएको छ । भारत, अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, बेलायत, युरोप, कोरिया, जापान, हङकङलगायतका देशमा सांगीतिक कार्यक्रम प्रस्तुत गरिसकेको नेपथ्य दोश्रो पटक दुबई जान लागेका छन् ।
ब्याण्डका प्रमुख गायक अमृत गुरुङको संयोजनमा १० सदस्य टोली दुबई जाने तयारी छन् । दुबईस्थित एभरेष्ट मिडियाले व्यवस्थापन गरेको कार्यक्रममा नेपथ्यले ‘रेशम’, ‘तालको पानी’, ‘रातो र चन्द्र सूर्य’, ‘भेंडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’लगायत गीत प्रस्तुत गर्नेछ। कन्सर्टमा स्वदेशी तथा विदेशी गरी तीन हजारभन्दा बढी दर्शक ल्याउने तयारी अनुसार प्रचारप्रसार भइरहेको दुबईस्थित आयोजक रमेश ढकालले बताउनु भएकाे छ ।