ट्रेण्डिङ

होमपेज / कला / साहित्य

बर्षा र आकाशको नयाँ भिडियो सार्वजनिक

नेपालगाथा २०७५ फाल्गुण १८ गते शनिबार १५:१७:३२ मा प्रकाशित

पुरुषोत्तम सुवेदीको आवाजमा समावेश ‘जब जब तिमी आयौं’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अम्बिका गुरुङको शब्द रहेको यो गीतमा पुरुषोत्तमकै संगीत छ । एक प्रेमीले प्रेमिकालाई माया पाएपछि व्यक्त गरेको भावलाई यो गीतमा उठान गरिएको छ । गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका बर्षा सिवाकोटीलाई फिचरिङ गरिएको छ ।

गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा कमल प्रसाइको ड्रोन, सुप्रिम पराजुलीको सम्पादन छ । भिडियोलाई आकर्षक बनाउन विधानले कुनै कसर बाँकी राखेका छैनन् ।

(भिडियो)

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top