ट्रेण्डिङ

होमपेज / कला / साहित्य

बाबालिकाको फेसन सोको आयोजना

नेपालगाथा २०७५ फाल्गुण १८ गते शनिबार ०७:३२:५८ मा प्रकाशित

काठमाडौं । ड्रिम सर्च एजेन्सीले किताब यात्राको सहकार्यमा बालबालिको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले फेसन सोको आयोजना गर्ने भएको छ। परेली ब्याक्वेंट र बेलौती बगैंचा रेस्टुरेन्ट बालुवाटारमा हुने उक्त कार्यक्रम यही फागुन १८ गते हुने संस्थाले जनाएको छ। शनिबार दिउँसो साँढे २ बजेदेखि बेलुका साँढे ५ बजेसम्म कार्यक्रम हुने छ। कार्यक्रममा विभिन्न विद्यालयका बालबालिले मौलिक पोसाकका साथै उनीहरूको शैलीको प्रदर्शन गर्ने संस्थाले जनाएको छ।

कार्यक्रममा बालबालिका तथा उनका अभिभावकले रचना गरेका मौलिक संस्कृति झल्कने आभूषणको प्रदर्शन हुने संस्थाका प्रमुख कमल क्षत्रीले जानकारी दिए। कार्यक्रममा थाइल्यान्डमा आयोजित विश्व शारीरिक सुगठन प्रतियोगिताका स्वर्ण विजेता महेश्वर महर्जन प्रमुख निर्णायक रहने संस्थाले जानकारी दिएको छ।

कार्यक्रमको विजेता र उत्कृष्ट १० मा पर्नेले थाइल्यान्डमा हुने इन्टरनेसनल फेसन फेस्टिबलमा सहभागी हुन पाउने संस्थाका प्रमुख क्षत्रीले जानकारी दिए। उक्त संस्थाले यसअघि पनि यससँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top