होमपेज / कला / साहित्य
काठमाडौं । लगातार एक सय २६ घण्टा लगातार नाचेर धनकुटाकी १७ वर्षीया डान्सर बन्दना नेपालले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा सबैभन्दा लामो समय डान्सिङ म्याराथोन गर्ने व्यक्तिको रूपमा नाम दर्ता गरेकी छिन्। गिनिज वल्र्ड रेकर्डले मंगलबार उनलाई सबैभन्दा लामो समय डान्सिङ म्याराथोन गर्ने व्यक्तिको रूपमा औपचारिक सर्टिफिकेट दिएको छ।
‘गिनिज बुक अफ वल्र्ड रेकर्डले मलाई सबैभन्दा लामो समय डान्सिङ म्याराथोन गर्ने व्यक्तिको रूपमा औपचारिक सर्टिफिकेट प्रदान गरेको छ’,उनले भनिन्, ‘मेरो मेहेनतले गर्दा नेपालको नाम विश्वसामु परिचित भएको छ। यो रेकर्डले मलाई प्रोत्साहित गरेको छ।’ बन्दनाले नेपाल फाउण्डेसनबाट विभिन्न सामाजिक गतिविधिमा सक्रिय भई नृत्यलाई निरन्तरता दिने प्रतिक्रिया दिइन्।
गत मंसिरको पहिलो साता बत्तीपुतलीस्थित विग फुडल्याण्डमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ को लागि आयोजना गरेको कार्यक्रममा उनले नेपाली गीतहरूमा लगातार ६ दिन नृत्य गरेकी थिइन्। लगातार नाच्ने क्रममा निन्द्राका कारण स्टेजमा ढलेकी थिईन।