होमपेज / कला / साहित्य
२००९ मा निर्माण भएको सिनेमा ‘मेरो एउटा साथी छ’को सिक्वेल बन्ने भएको छ । मंगलबार निर्माता प्रज्वल शमसेर जबराले निर्देशकको रूपमा दिनेश राउत अनुबन्धन गरेसँगै सिनेमाको सिक्वल बन्ने पक्का भएको हो । पहिलो सिनेमालाई सुदर्शन थापाले निर्देशन गरेको थिए। सो सिनेमामा अभिनेता आर्यन सिग्देल र नम्रता श्रेष्ठले प्रमुख भूमिकामा अभिनय गरेका थिए।
सिक्वलमा यही जोडी दोहरिने छ या नयाँ जोडीले काम गर्नेछ भन्ने बारेमा केहि सार्वजनिक गरिएको छैन। सिनेमाको कथा स्वयंम निर्देशक दिनेश राउतले लेखिरहेका छन् । एक दशक पहिले यो सिनेमा निर्माण हुँदा निर्देशक राउतले ‘मेरो एउटा साथी छ’मा असिटेन्ट निर्देशक थिए ।