होमपेज / कला / साहित्य
काठमाडौँ । पत्रकार एवं लेखक सबिन प्रियासन ब्रेकअप लिएर बजारमा अाएका छन्। उनले यो वर्ष लक्कीचार्म, सेल्फी र ब्रेकअप डायरी उपन्यास बजारमा ल्याएका हुन् । उनका उपन्यासलाई बीएन पुस्तक संसारले प्रकाशन गरेको छ।
ब्रेकअप डायरी हालै पोखरामा सम्पन्न नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभामा सभामुख कृष्णबहादुर महरा, सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृत्वीसुब्बा गुरुङ लगायतले विमोचन गरे ।
ब्रेकअप डायरी उपन्यासले यतिबेला व्यापक चर्चा लेखकको दाबी छ । उपन्यास प्रकाशन भएको एक साता नपुग्दै एक हजार बढि बिक्री भैसकेको प्रकाशक बीएन पुस्तक संसार प्रालिले जनाएको छ ।
युवालक्षित उपन्यास ब्रेकअप डायरी युवाहरुलाई सही बाटोबाट अगाडी बढ्नका लागि फलदायी हुने भएकै कारण पाठकहरुको रोजाईमा परेको बीएनका सञ्चालक सूर्य बिसीको भनाई छ ।
प्रेम होस् वा अन्य कुनै पनि क्षेत्रमा ब्रेकअप हुँदा आफूलाई कसरी सम्हाल्ने, जिन्दगीमा कसरी अगाडी बढ्ने भन्ने सन्देश बोकेको ब्रेकअप डायरी उपन्यासकार प्रियासनको आठौँ औपन्यासिक कृति हो । उनले यसअघि पल्लवी, पुनरागमन, भुमरी, रोदनपछि लगायतका उपन्यास प्रकाशित गरिसकेका छन् । उनका ती पुस्तक पनि रुचाइएका थिए ।
प्रियासनले कथा र सम्पादकीयको संग्रह समेत प्रकाशित गरिसकेका छन् । प्रियासन नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष हुन् । उनी पत्रकारिता, साहित्य र सामाजिक क्रियाकलापमा क्रियाशील छन् ।