ट्रेण्डिङ

होमपेज / कला / साहित्य

विदेशमा खिचेका गीत चलेनन् अनमोलदेखि प्रदिपसम्मका

नेपालगाथा २०७५ फाल्गुण १३ गते सोमबार १३:२५:३६ मा प्रकाशित

केही दिन अगाडि नायक अनुप विक्रम शाही र नव–कलाकार सन्दिपा लिम्बुको मुख्य भूमिका रहेको चलचित्र ‘कब्स’को गीत सार्वजनिक भयो । टर्कीमा खिचिएको यो गीतले दर्शकको ध्यान भने तानेन । यो गीत खिच्न मात्र यसको निर्माणपक्ष विदेशी लोकेशनमा पुगेको थियो । तर, गीत हेर्दा दर्शकले खासै आँखामा शित्तलता पाएनन् । नेपाली चलचित्रका मेकरलाई अहिले चलचित्रको पर्दामा विदेशको लोकेशन देखाउनै पर्छ भन्ने सोच पलाउन थालेको छ ।

चोभारमा सिमित रहेको चलचित्रको लोकेशन मनाङ, मुस्ताङ, रारा हुँदै विदेशका विभिन्न रमणिय लोकेशनमा पुग्नु सुखद कुरा हो । तर, के विदेशी लोकेशनमा खिच्दैमा चलचित्र र चलचित्रको गीतले दर्शक तान्छ त ? भ्यालेन्टाइन डेको अवसर पारेर चलचित्र ‘लभ स्टेशन’मा समावेश ‘घाम जुन चाहिदैन’ बोलको गीत सार्वजनिक भयो । नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको जोडीलाई भियतनामको लोकेशनमा लगेर निर्माताले यो गीत खिचे ।

तर, चलचित्रको अडियो यति कमजोर बन्यो कि दर्शकले भिडियोमा पनि खासै ध्यान दिएनन् । चलचित्र ‘कृ’ रिलिजको समयमा नायक अनमोल केसी र नायिका अदिती वुढाथोकीलाई स्कटल्याण्डमा पुर्याएर निर्माता सुवास गिरीले एउटा गीत खिचे । यो गीत सार्वजनिक भएपछि चर्चा भन्दा बढी आलोचना भयो । चलचित्र रिलिज भन्दा एक साता अगाडि यसको टिम विदेश पुग्दा नेपालको प्रमोशन पनि सुस्तायो ।

गीतको अडियो कमजोर भन्दा यसको भिडियोले पनि कुनै चमत्कार गर्न सकेन । बरु, चलचित्र हेर्नेले यो गीतको आवश्यकता नै थिएन भनेर आलोचना गरे । नेपालमै खिचिएको ‘यति यति पानी’ले चर्चा पाउँदा ‘कृ’को स्कटल्याण्डको लोकेशनमा खिचिएको गीतमा दर्शकको मन बसेन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top