होमपेज / कला / साहित्य
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेश समितिको कार्यालय उद्घाटन भएको छ । शनिबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका कन्द्रिय नि वर्तमान अध्यक्ष चन्द्र शर्माले कार्यलयको उद्घाटन गर्नु भएको हो ।
उद्घाटन पछि बोल्दै शर्माले देश संघीय संरचनामा गइसकेपछि विभिन्न संघ संस्थाहरु समेत संघीय संचरना अनुसार परिमार्जित हुँदै गइरहेको बताउनु भयो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको पहिलो प्रदेश समिति कर्णालीमा स्थापना भएको बताउँदै शर्माले भन्नुभयो, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आगनमा एउटा सरस्वतीको मूर्ति होस् र त्यसमा सबै पक्षले पूजा गर्ने वातावरणको सिर्जना होस् ।
व्यक्ति भन्दा पनि संस्था सर्वोपरी हुने भएकोले संस्थागत प्रणालीमा जानु ठूलो कुरा भएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो, ‘अब केन्द्र प्रदेशका कलाकर्मी साथीहरु पनि केन्द्रिय नेतृत्व गर्नका लागि तयार हुनु प¥यो ।’
पछिल्लो समयमा लोक संस्कृतिमा आएको छाडापनलाई नियन्त्रण गर्न आवश्यक रहेको बताउँदै आयातित संस्कृतिलाई रोकेर हाम्रो संस्कृति माथि भएका विकृतिहरुका विरुद्धमा एकजुट भएर लाग्न आवश्यक रहेको शर्माले बताउनु भयो ।
कार्यक्रममा बरिष्ट नृत्य निर्देशक कुलमान नेपालीले मौलिक संस्कृतिको जगेर्ना गर्न नसक्ने हो भने भावी सन्ततिको दोष खप्न तयार हुनु पर्ने भएकोले हामीले हाम्रा मौलिक संस्कृति बचाउने अभियानमा लाग्न ढिला गर्न नहुने बताउनु भयो ।
अन्य कुराहरुमा पछाडि परेको भएपनि कर्णाली प्रदेश कला, भाषा र संस्कृतिको क्षेत्रमा निकै अगाडि रहेको बताउँदै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेश संयोजक रामबहादुर बुढाले कर्णालीमा भएका झ्याउरेदेखि लोकगीत र देउडासम्मको संरक्षणका लागि सरोकारवालाहरुले विशेष ध्यान दिन अनुरोध गर्नुभयो ।
साविकको मध्यपश्चिमले केन्दीय प्रतियोगीताहरुमा समेत धेरै पटक प्रथम स्थान हासिल गरेर यसको पहिचान गराइसकेको बताउँदै अबका दिनहरुमा समेत सबैको साथ र सहयोग पाएमा कर्णाली प्रदेशलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमै चिनाउन सकिने बताउनु भयो ।
कार्यक्रममा संस्थाका केन्द्रीय सदस्य तारापति चपाई, पूर्व वरिष्ट उपाध्यक्ष टीकाराम चपाई, कृष्णराज धमलालगायतका कलाकारहरुको उपस्थिति रहेको थियो ।
.jpg)