होमपेज / कला / साहित्य
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कर्णाली महोत्सव २०७५ विगत ५ दिनदेखि जारी छ । ‘हाम्रा गैरवका पानाहरु र सम्भावनाका खानिहरुको उत्सव कर्णाली महोत्सव’ मुख्य नारा तय गरेर सुर्खेत चेम्बर अफ कमर्सद्धारा आयोजित महोत्सव गत फाल्गुन ४ गते देखि सञ्चालित छ ।
मंगलवार लोक दोहोरी गायक टंक तिमिल्सेना, चर्चित आधुनिक गायक रुपक डोटेल, १०५ प्रकारका आवाज निकाल्ने हास्यकलाकार दिपेन्द्र वलीले आफ्ना प्रस्तुति सहित दशृकहरुलाई भरपुर मनोरञ्जन दिए । लोकदोहोरी गायक तिमल्सेनाले सनसनी सनसनी यो मुटु खाईरहने, मैना चडी,जस्ता गित प्रस्तुत गरेर महोत्सव हर्न पुगेका दर्शकहरुलाई भरपुर मनोरञ्जन गराए । उनले गित संगै दर्शकहरुलाई पनि नचाएका हुन् ।
हेर्नुहोस् यो भिडियो