होमपेज / कला / साहित्य
भक्तपुर। दैलेखका तीनजना बालक जो अहिले सामाजिक संजालमा भाइरल भएका छन् उनीहरु अहिले काठमाडौँमा आएका छन् । कलाकार सम्राट चौलागाईले उनीहरु तिनै जनालाई काठमाडौँ ल्याएको हो । सानो उमेरमा नै गीत गाउन प्रतिको लगाव देखेर सम्राटले काठमाडौँमा उनीहरुको आवाजमा गीत रेकर्ड गराइदिन ल्याएका हुन् । दैलेखका भाइरल गायक भनेर यतिखेर चर्चित भैइरहेका बालकको नाम विकाश वादी, रबिन्द्र वादी र सुनिल वादी हो ।
विकाशले कक्षा ५ सम्मको अध्ययन गरेका छन् । घरमा ममी, बाबा दुइजना दाई, दुइवटा भाई र एउटा बहिनी सहित उनको घरको परिवारमा ८ जनाको सदस्य छन्। उनको आमा जालीको काम गर्छिन् । बुबा घरको मिस्त्रीको काम गर्छन्। विकाश परिवार पालन कै लागि गीत गाउदै हिड्छन्। रति १० बजे सम्म गीत गाएर फर्कन्छन् उनी घरमा ।
रविन्द्र वादीको कथा पनि उस्तै छ । आमा घरमा काम गर्छिन् । उनको बुबा बितिसकेका छन् । इन्डिया रोजगारीको क्रममा गएका उनी घर फर्किदा बाकसमा प्याक भएर आए। पुलबाट कसैले धकेलेर मर्देको रे भन्छन् रविन्द्र । त्यो अबोध बालकलाई आफ्नो बुबाको अनुहार कस्तो छ भनेर पनि राम्ररी याद छैन । उनको आमा जालीको काम गर्छिन् । उनले गीत गाएर कमाएको पैसाबाट नै घर खर्च चलेको छ ।
(याे हेर्नुहाेस यी ३ बालककाे प्रस्तुतीेे)