ट्रेण्डिङ

होमपेज / कला / साहित्य

पल र आचलको नयाँ गीतको भिडियो सार्वजनिक

नेपालगाथा २०७५ फाल्गुण ७ गते मंगलबार १२:५०:१६ मा प्रकाशित

नव गायक कृष्ण कार्की र गायिका बिन्दु परियारको आवाजमा समावेश गरिएको ‘घरबारमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । कृष्णको डेब्यु गीतमा मोडलद्धय पल शाह र आँचल शर्मालाई देखाइएको छ । गीतमा मायामा आउने घरबार र खानदानको कुरालाई देखाउन खोजिएको छ । गीतमा शब्द र संगीत सन्तोष सुनारको छ । गीतको बारेमा गायक कृष्णले भने–‘ युवापुस्ताले यो गीत मन पराउनु हुन्छ भन्नेमा विश्वत छु ।

मेरो सपना अब साकार भएको छ । आशा छ मैले देखेको सपनाको पथमा म सहि छु ।’ भिडियोलाई राजिव समरले कोरियोग्राफी गरेका हुन् भने रामकुमार केसीले छायांकन गरेका हुन् । टेकेन्द्र शाहको भिडियोमा सम्पादन र निर्देशन दुबै छ ।

(भिडियाे)

प्रतिक्रिया

सम्बन्धित खवर

Top