ट्रेण्डिङ

होमपेज / कला / साहित्य

कर्णाली महोत्सवको तेस्रो दिन दर्शकको संख्या बढ्दै

नेपालगाथा २०७५ फाल्गुण ६ गते सोमबार २०:५९:१९ मा प्रकाशित

सुर्खेत । गत फाल्गुन ४ देखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सञ्चालित कर्णाली महोत्सव २०७५ मा दर्शकहरुको उल्लेखिय सहभागिता भैरहेको छ । महोत्सव सञ्चालनको तेस्रो दिन (सोमवार) दर्शकहरुको बाक्लो उपस्थिति देखिएको छ ।

आईतवार सम्म केहि व्यापारीक स्टलहरु खाली देखिएपनि सोमवार व्यापारिक स्टल भरिभराउ भएका छन । साथै व्यापारीक गतिविधिहरु पनि बढ्दै गएको सुर्खेत आयोजक चेम्बर अफ कमर्स जनाएको छ । सोमवार महोत्सवमा चर्चित लोक गायक विमलराज क्षेत्री र चर्चित लोक तथा दोहोरी गायक गोपाल नेपाल जिएम लगायत स्थानिय कलाकारहरुले समेत आफ्ना सांगितिक प्रस्तुति राखेका छन ।

पछिल्लो समय युवा पुस्ताका लागी लोकप्रिय गायक गोपाल नेपाल जिएमले उनका चर्चित गितहरु साउदी मलेसिया ,नक्कली मोरी , आईएमई गर,मेरो माया उल्का भो , थरुनीको माया जालैमा जस्ता चर्चित गितहरु प्रस्तुत गरेका थिए । उनले प्रस्तुति दिईरहदाँ दर्शकहरको भिड् नियन्त्रण गर्न सुरक्षाकर्मीहरुलाई हम्मेहम्मे भएको थियो ।

यस्तै अर्का लोक गायक विमलराज क्षेत्रीले बुट्टै रुमालैमा, सुपारी चाम्रो, बल्लै भो भेट, जापान टोकियो , हिमाल सेतै छ, जस्ता लोकप्रिय गित प्रस्तुत गरे । यसैबिच पहिलो पटक सुर्खेत चेम्बरले महोत्सवमा आयोजना गरिएको प्रतियोगितात्मक लोकदोहोरी प्रतियोगिता सोमवार पनि २ टोलीले प्रतिस्पर्धा गरेका छन।

सोमवार राष्ट्रिय लोकदोहोरी गित प्रतिष्ठान दाङ्ग र लोकदोहोरी प्रतिष्ठान धादिङ्गले प्रतिस्पर्धा गरे जसमा दाङ्गले प्रतियोगिता जित्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । यस्तै लोकदोहोरी टिम सुदुरपश्चिम प्रदेश टिम र राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान कास्की बिच भएको प्रतिस्पर्धामा सुदुरपश्चिम प्रदेश टिम बिजयी भएको छ ।

यसैबिच मंगलवार पनि २ टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । मंगलवार लोकदोहोरी प्रतिष्ठान रुकुम तथा काठमाण्डौ उपत्यका समिति लाजिम्पाट विच घमसाघम्सी दोहोरी हुनेछ । मंगलवार नै दोस्रो चरणको प्रतियोगिता पनि सञ्चालन गर्ने आयोजकको तयारी छ । मंगलवार पनि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top