होमपेज / कला / साहित्य
सुर्खेत । कर्णाली महोत्सव २०७५ को दोस्रो दिन (आईतबार) हजारौँ दर्शकहरुले महोत्सवको अवलोकन गरेका छन । दर्शकहरुको उल्लेखिय सहभागिता सहित आईतबारको सबै कार्यक्रम भव्यताका साथ सम्पन्न भएको आयोजकले जनाएको छ । महोत्सवको दोस्रो दिन आईतबार चर्चित कलाकारहरुले आफ्ना सांङ्गगितक प्रस्तुति राखेका छन ।
लोकदोहरी गायक शक्ति चन्द र लोक पप गायक अर्जुन कौशल लगायतका कलाकारहरुले प्रस्तुति राखेका हुन । चर्चित लोक पप’ गायक अर्जुन कौशलले नथिया वालीले, भिरको बाटोमा मोटर जाने भयो रे जस्ता चर्चित लोक पप गित प्रस्तुत गरे तेस्तै चर्चित लोकदोहोरी गायक शक्ति चन्दले मनका विलरी,औठी तोलाको ,दर्शन हजर दर्शन,तिमि भाको ठाम तिर जस्ता चर्चित गितहरु प्रस्तुत गरेका थिए ।
यस्तै लोकदोहोरी प्रतियोगिता अन्र्तगत आईतवार गण्डकी प्रदेश र प्रदेश ५ बिच भएको प्रतिस्पर्धामा प्रदेश ५ ले जितको छ । यस्तै सुर्खेत र दैलेखको दोहोरी टिम बिच भएको प्रतिस्पर्धामा दैलेखले जितेको छ भने रोल्पा र सुर्खेतको दोहोरी टिम बिचको प्रतिस्पर्धामा सुर्खेत बिजयी भएको छ ।
भोली सोमवार पनि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेने आयोजक सुर्खेत चेम्बर अफ कमर्सले जनाएको छ । फाल्गुन ४ देखि शुरु भएको महोत्सव ११ फाल्गुन सम्म सञ्चालन हुनेछ ।