ट्रेण्डिङ

होमपेज / कला / साहित्य

कट्रिना कैफले विहे गर्ने इच्छा

नेपालगाथा २०७५ फाल्गुण ५ गते आइतबार १२:११:३१ मा प्रकाशित

मुम्बई। बलिउड अभिनेत्री कट्रिना कैफले विहे गर्ने इच्छा व्यक्त गरेकी छिन्। अभिनेता रणवीर कपुरसँगको ब्रेकअपपछि सिंगल रहेकी कट्रिनाले भर्खरैको एक अन्तर्वार्तामा घर बसाउन चाहेको उल्लेख गरेकी हुन्। उनले आफ्ना समकालिन अभिनेत्री प्रायले घर बसाइसकेको भन्दै आफू पछि पर्न नचाहेको उल्लेख गरेकी छिन्। तपाई किन डेट गरिरहनुभएको छैन भन्ने प्रश्नमा कट्रिनाले भनेकी छिन्, ‘मलाई थाहा छैन कि म फेरि कसैसँग डेट गर्न पाउनेछुँ।

यद्यपी अहिले म पूर्ण रुपमा सिंगल छुँ ।’ समकालिन अभिनेत्री प्रियंका चोपडा, करिना कपुर, सोनम कपुर, दीपिका पादुकोण र अनुष्का शर्माहरुले विहे गरेर घर बसाइसकेका छन्। कट्रिना यसबारे भन्छिन्, ‘हो, मेरा साथीहरुले धमाधम विहे गरिरहेका छन् । प्लिज कोही मलाई पछाडी नछोड्नुस।’यद्यपी उनका पूर्व प्रेमी रणवीर आलिया भाटसँग डेटमा छन्। कट्रिना भने अहिले अली अब्बास जफरको फिल्म भारतमा सलमान खानसँग काम गरिरहेकी छिन् । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top