होमपेज / कला / साहित्य

'कर्ली कर्ली कपाल' गीतमा निरूतासँग नाचे अनमोल र भूवन

नेपाल गाथा २०७५ फाल्गुण ४ गते शनिबार १२:११:०१ मा प्रकाशित

काठमाडौं । फागून १७ गतेबाट रिलिज हुने सिनेमा ‘क्याप्टेन’को 'कर्ली कर्ली कपाल' बोलको गीत रिलिज गरिएको छ। सार्वजनिक गीतमा अभिनेत्री निरूता सिंहलाई भूवन केसी तथा अनमोल केसीसँग कम्मर मर्काउँदै गरेको देख्न सकिन्छ।गीतमा एसडी योगीले संगीत दिएका हुन् भने महिला स्वरमा योगीलाई मेलिना राईले साथ दिएकी छन्। रेनेशा बान्तवा राई गीतको कोरियोग्राफर हुन्।

 

सिनेमाले एक फुटबल खेलाडीको कथा पेस गर्छ। सिनेमामा अनमोलले दुई नायिका प्रियंका एमभी तथा उपासना सिंह ठकुरीसँग रोमान्स गरेका छन्।उनीहरूका अलावा सिनेमामा प्रशान्त ताम्राकार, सरोज खनाल तथा सुनिल थापाको अभिनय रहेको छ।

भिडियाे

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top