ट्रेण्डिङ

होमपेज / कला / साहित्य

बर्षाका कारण महोत्सव उद्घाटन हुन सकेन, ४ गते उद्घाटन हुने

नेपालगाथा २०७५ फाल्गुण ३ गते शुक्रबार १९:३९:१४ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेनद्रनगरमा सञ्चालन हुन गैइरहेको ‘कर्णाली महोत्सव २०७५’ शुक्रबार आजबाट सुरु हुने भनियतापनि बर्षाका कारण शनिबार उद्घाटन हुने भएको छ । महोत्सव शनिबार बिहान ११ बजे वीरेन्द्रनगर नगरपालिका कार्यालयको दक्षिणतर्फको खुल्ला मैदानमा गरिन आयोजकले जानकारी दिएको छ ।
शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै मुल आयोजक समितिका संयोजक चिन्चामणि शर्माले निमन्त्रणा गरिएका अतिथिहरु तथा अन्य सर्वसाधारणहरुलाई शनिबार (भोलि) उपस्थित हुनको लागि आग्रह गर्नु भएको छ ।
महोत्सवको लागि सबै तयारी पुरा भएपनि केहि दिन देखि परेको बर्षाका कारण प्रभावित भएको हो । सुर्खेत चेम्बर अफ कमर्सले यहि फागुन ३ गते देखि ११ गते सम्म सहाेत्सव सञ्चालन गर्ने भनियतापनि ४ गतेबाट मात्र हुने भएकाे छ ।

प्रेस विज्ञप्ति

प्रतिक्रिया

सम्बन्धित खवर

Top