होमपेज / कला / साहित्य
काठमाडौं । चर्चित अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको फिल्म ‘लभ स्टेशन’को नयाँ गीत ‘घाम जुन चाहिँदैन...’ सार्वजनिक गरिएको छ । गीतमा प्रदीप र जसिताले आ आफ्नो प्रेमभाव प्रस्तुत गरेका छन् । भियतनामको विश्व चर्चित लोकेशन दानाङ्ग, बाना हिल, ड्राईगन ब्रिज, हालम्बे, हानोई र इन्डोनेशियाको बालीमा यो गीतको छायाँकन गरिएको हो । यो लेकेशनमा दर्जनौं हलिउड फिल्म छायाँकन भइसकेको फिल्मका प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी गराए छन् ।
दीपक शर्माको शब्द संगीत रहेको यो गीतमा सुगम पोखरेल र रेश्मा पुन मगरको स्वर रहेको छ । ‘लभ स्टेशन’ आगामी २२ चैतबाट प्रदर्शनमा आउने फिल्म हो । प्रदर्शनमा आउन ५१ दिन बाँकी भएकाले फिल्मको प्रचार प्रसारको थालनी यस गीतबाट गरिएको हो । पारिवारिकसँगै प्रेम कथामा बनेको यो फिल्म उज्वल घिमिरेले निर्देशन गरेका हुन् ।
फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु राना लगायतको अभिनय रहेको छ ।
भिडियाे