ट्रेण्डिङ

होमपेज / कला / साहित्य

‘ए मेरो हजुर ३’को टिजर सार्वजनिक

नेपालगाथा २०७५ माघ २७ गते आइतबार १७:०६:०३ मा प्रकाशित

काठमाडौं । फिल्म ‘ए मेरो हजुर ३’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा फिल्मका मुख्य दुई कलाकारलाई देखाईएको छ । नायक अनमोल केसी र नव–नायिका सुहाना थापाको प्रेम भावलाई टिजरमा देखाउन खोजिएको छ । सुहाना झरना थापाकी छोरी हुन् ।

सुनिल कुमार थापाको निर्माणमा तयार भएको फिल्म ‘ए मेरो हजुर ३’लाई झरनाले नै निर्देशन गरेकी हुन् । म्यूजिक लभ स्टोरी फिल्ममा अनमोल र सुहानाको साथमा अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम लगायतको अभिनय छ । नयाँ वर्षको अवसर पारेर चैत २९ गतेबाट फिल्म प्रदर्शनमा आउँदैछ । 

यस्तो छ फिल्मको टिजर

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top