होमपेज / कला / साहित्य
सुर्खेत । नेपाल लोक स्टारको प्रदेश अडिसन यहि फागुन १६ गतेबाट देशका सात वटै प्रदेशका विभिन्न क्षेत्रहरुमा हुने भएको छ । शुक्रबार कर्णाली प्रदेशको राजधानि सुर्खेतमा पत्रकार सम्मेलन मार्फत सो कुराको जानकारी गराइएको हो । फागुन १६ गते सुदुरपश्चिम प्रदेशको धनगढिबाट सुरु गरिने र कर्णाली प्रदेशको अडिसन फागुन २० गते हुने र यसै गरी अन्य प्रदेशमा पनि हुनेछ । अडिसनबाट प्रदेशभरका उत्कृष्ठ प्रतिस्प्रद्धिहरुलाई काठमाडौँमा विभिन्न चरणमा प्रतिस्पर्धा गराइने छ भने बैशाख पहिलो हप्ताबाट कार्यक्रम प्रशारणको लागि तयार गरिने आयोजकले बताएको छ ।
नेपाल लोक स्टार नेपाली लोग संगितको एक विशेष कार्यक्रम भएकाले नेपाली गित संगितमा केहि गर्नुपर्छ भन्ने उद्देश्यका साथ यो सञ्चालन गर्ने लागिएको कार्यक्रम संयोजक तथा चाहाना मिडियाका अध्यक्ष सहदेव कोइरालाले बताए । उनले देशका ७७ वटै जिल्लाहरुमा फरक फरक भाकाका गितहरु गुञ्जिने र ति भाकाहको लेखाजोखा अहिले सरकार संग पनि नभएको अवस्थामा उक्त लोक स्टार मार्फत समाजमा भएका विभिन्न लोक संगितहरुको पुनर जागरण होस् भन्ने आफुहरुको उद्देश्य भएको बताए ।
नेपाली पाखा पखेरामा गुन्जने लोक भोका गुन्जाउदै ३० श्रृंखला सम्म कार्यक्रम रहने छ । उक्त कार्यक्रममा प्रमुख सल्लाहाकारमा नेपाली लोक सम्राट कुमार बस्नेत तथा वरिष्ठ पत्रकार ऋषी धमला रहनु हुनेछ । यस्तै नेपाली लोक संगीत क्षेत्रका जयनन्द लामा, वरिष्ठ संगीत संयोजक संगीतकार तथा गायक बि.बि अनुरागी, गायक तथा मोडल रामजी खाँण तथा गायीका सुनिता दुलाल रहनुभएको छ । जसमा उत्कृष्ठ २० सम्म निर्णकको सम्पूर्ण अधिकार निर्णायकमा नै हुनेछ भने उत्कृष्ठ २० बाट १० सम्म ५०÷५० प्रतिशतको हिसाबले छनोट गरिनेछ भने उत्कृष्ठ १० बाट फाइनल सम्मको सम्पूर्ण निर्णय २० प्रतिशत निर्णायकको मत र बाँकी ८० प्रतिशत पब्लिक अनलाइन तथा एस.एम.एस भोटिङ्गको आधारमा हुने आयोजकले बताएको छ ।
भिडियाे