होमपेज / कला / साहित्य
काठमाण्डाै – सुदूरपश्चिमका युवाहरुले रवि ओडको पक्ष लिँदै संगीतकार बसन्त थापाको युट्यूब च्यानल अनसब्स्क्राइब अभियान नै सुरु गरेका छन् । भने संगीतकार बसन्त थापाले रवि ओडले आफ्नो गीत बिगारेर गाएको र लोकदेहोरी प्रतिष्ठान मौन बसेको भन्दै आपत्ति जनाएका छन् ।
त्यो गीत गाइरहँदा उनले शब्दमा गल्ती गरेपछि गीतका संगीतकार बसन्त थापाले आफ्नो गीतको अनुमतिबिना गाएको त्यसमा पनि शब्दमा गल्ती गरेको भन्दै फेसबुकमा आक्रोश पोखेका थिए ।
पछिल्लो समय यो प्रकरण झनै फैलिँदै गएको छ । कसैले संगीतकार बसन्त थापाको बचाउ गरिरहेका छन् भने अिधकाशं समाजिक संञ्जालका प्रयोग कर्ता रवि ओडको पक्षमा बोलिरहेका छन् ।
संगीतकार बसन्त थापाले भने नेपाल आइडलको विजेता जस्तो स्टारले आफ्नो गीत बिगारेर गाउँदा आफूले टिप्पणी गरेको तर उक्त विषयमा लोकदोहोरी प्रतिष्ठान भने मौन बसेको भन्दै आज प्रतिष्ठानबाट अलग भएको घोषणा गरेका थिए ।